धादिङ, चैत ६ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकल र हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका ५ बेनीघाट गोमती पुलमा एक आपसमा ठोक्किँदा पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएकोमा उपचारका लागि काठमाडौंतफ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
एभरेस्ट दैनिक बाट










