झापा। झापाको कन्काई नगरपालिका ९ घैलाडुब्बामा बुधवार मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिक घाइते भएका छन् । भित्री सडक खण्ड अन्तरगत घैलाडुब्बाबाट बिर्तामोड जादै गरेको मे ७ प ९५९५ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
फाइल तस्बिर
दुर्घटनामा मोटरसाइलल चालक भारत घर भई हाल बिर्तामोड नगरपालिका २ मा अम्बे प्लाई फ्याक्ट्रिमा काम गर्दै आएका २५ बर्षीय बादल नाम गरेका युवक घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।










