काठमाण्डौं – जापानसँग श्रम समझदारीमा हस्ताक्षर गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई देशबीचको समझदारीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम मन्त्रालयका सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो । गएको पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।