भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलिरहेको स्थानबाट नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ महिला र ३ पुरुष रहेका छन् । बिहिबार साँझ प्रहरीले सूर्यविनायक नगरपालिका – ५ कटुञ्जे सुवर्णेश्वर चोकबाट तास खेलिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद रु दुई लाख ८६ हजार ३ सय १० र १० बुक ताससहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका – ४ घर भई हाल सूनपा कटुञ्जे बस्ने बर्ष ५५ को नर्वु लामा, हाल पाण्डुबजार बस्ने बर्ष ३५ को एडी लामा र सिन्धुपाल्चोक जुगल गाउँपालिका – ४ घर भई हाल ठिमी बोडे बस्ने बर्ष २८ को मान ब.श्रेष्ठ रहेका छन् ।
यस्तै मोरङ पथरी शनिश्चरे नगरपालिका – ९ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने बर्ष २९ की सरु राई, सोही स्थान घर भई पेप्सीकोला बस्ने बर्ष २५ की मिमा राई, दोलखा शैलुङ गाउँपालिका – १ घर भई हाल सूर्यबिनायक बस्ने बर्ष ३६ की राखी लामा रहेकी छिन् ।उनीहरुलाई नियन्त्रणमा लिई जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवती रमण पोखरेलले जानकारी दिए । फाइल तस्बिर / रातो पाटि बाट साचार साभार










