संखुवासभामा सम्पन्न स्वतन्त्र विद्यार्थी युननियनको निर्वाचनमा चार वटै क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ र क्रान्तिकारीको संयुक्त प्यानललाई हराउदै संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ , मादी बहुमुखी क्याम्पसमा नवराज कडुवाल, बरुण बहुमुखी क्याम्पसमा सुरेस थापा र रामेश्वर बहुमुखी क्याम्पसमा नविन राई एकल प्यानलसहित सभापति विजयी भएका छन्।