झापा । अनेरास्ववियु, राप्रविसंघ र नयाँशक्ति विद्यार्थी युनियनले मेची बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा फर्जी कार्ड बनाई बाहिरी क्याम्पसका विद्यार्थीले मतदान गरेपछि निर्वाचन बहिस्कार गरेका छन् ।  अनेरास्ववियुका मनोज ताम्ली, राप्रविसंघका माधव पोखरेल र नयाँशक्ति विद्यार्थी युनियनका राहुलकुमार कर्णले साँझ सवा सातबजे पत्रकार सम्मेलन गरी यो निर्वाचन रद्ध गरी नयाँ निर्वाचन गराउन माग गरेका हुन् ।  कन्काई बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा फर्जी परिचय पत्र बनाएर मतदान गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गर्दै निर्वाचन बहिस्कार गरेका हुन् । विद्यार्थीहरुले फर्जी परिचय पत्र बनाएर मतदान गर्न आएका विद्याथीहरुलाई पक्राउ गरी प्रशासनलाई बुझाएका थिए ।  क्याम्पस प्रशासनले ब्यालेट बक्सलाई सिल्ड गर्दा पनि संगठनको प्रतिनिधि नराखेको र विद्यार्थी संगठनहरुको सहमती नलिई एकपक्षीय ढंगले कार्यक्रम अगाडि बढाएपछि विद्यार्थी संगठनहरुले विरोध गरेका थिए ।  विद्यार्थीहरुले क्याम्पस प्रशासनको विरोध गर्दै नारावाजी गरेपछि प्रहरीले विद्यार्थीहरुमाथि लाठी चार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट चारजना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा कुशल आचार्य, विनोद भट्टराई, शेखर बस्नेत र अनिता कन्दङवा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah