बुटवल– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । प्रधानमन्त्री ओली शुक्रबार रुपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेज र बुुटवल नारायणगढ सडक विस्तार कार्यको शिलन्यास गर्ने कार्यक्रम छ ।

रुपन्देही का यी दुुई ठूला आयोजना सुरु गर्न प्रधानमन्त्री ओली र नेकपा महासचिव विष्णुु पौडेल शुुक्रबार यहाँ आउने लागेका हुन् । बिहान ११ बजे तिलोत्तमा १ नयाँमिलस्थित मेडिकल कलेजको कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुुख मानबहादुुर घिमिरेले जानकारी दिए । त्यस्तै दिँउसो साढे १२ बजे बुटवल नारायणगढ सडकको बुटवल ८ स्थित बुटवलमण्डप नजिकै सडक स्तरोन्नतिको शिलन्यास गर्ने कार्यक्रम छ ।