दमक÷ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका सबै स्थानीय तहहरु एमालेलाई जिताउनका अभियान शुरु गरिएको छ । ओली निर्वाचित क्षेत्र झापाको क्षेत्र नं. ७ सहित झापाभर घरदैलो अभियान शुरु भएको हो । संबिधान कार्यन्वयनका लागि जनपरिचालन अभियान शुरु भएपछि अन्य राजनीतिक दलहरु त्रसित भएकाछन् । स्थानीय तहमा आफ्नो पकड राख्न र झापाका सबै स्थानीय तह जित्नका लागि एमालेले जनताको घरदैलो जाने अभियान चालेको हो । नेकपा एमाले झापाका अध्यक्ष चीन्तन पाठकका अनुसार स्थानीय तहको निर्वाचनमा झापा जिल्ला एमालेको लाल किल्ला बन्नेछ । नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीका अनुसार मेची अञ्चल नै एमालेमय बनाउने अभियान शुरु भएकाछन् । स्थानीय तह सबै जित्ने गरी पार्टी कमिटिहरु लागि परेको उनले बताए । यो सम्भव भएको समेत कार्की बताउछन् । फागुण २१ गते झापामा जनसागर उतार्नका लागि समेत संगसंगै तयारी छ । यसैबीच २१ गते झापाको काकडभिट्टाबाट शुरु हुने मेची महाकाली अभियानबारे झापाको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । नेकपा एमाले झापा क्षेत्र नं. ७ ले गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले प्रदेश नं. १ का सदस्य देबेन्द्र दाहालले संबिधानको बिषयमा भएका भ्रम र मधेशमा एमालेप्रति लगाइएको लाञ्छना यसले हटाउने अपेक्षा गरिएको छ । काकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा हुनेछ । तिन वटै आमसभा २१ गते नै हुनेछन् । तयारीको बिषयमा क्षेत्रिय अध्यक्ष बोधराज न्यौपाने, क्षेत्रिय इन्जार्च होमबाहादुर थापा लगायतले जानकारी दिएका थिए ।
ओलीको गृह जिल्लामा यसरी तयारी गरिदैछ जनसागर उतार्न
सवाल नेपालसंवाददाताबिहीबार, १७ फागुन २०७३

ओलीको गृह जिल्लामा यसरी तयारी गरिदैछ जनसागर उतार्न
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



