मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पूरा हुनेछ । काममा सफलता मिल्ने एवं धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पदप्रतिष्ठानमा वृद्धि हुनेछ , राजनीतिक सफलता एवं अरुको सहयोग मिल्नेछ ।

वृष – पारिवारीक भेटघाट हुनेछ । साझेदारीमा फाइदा, प्रेममा प्रगति एवं यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, आकस्मिक घाटा बेहोर्नु पर्नेछ । साताको अन्त्यमा भने काममा फाइदा मिल्नछे, भाग्यले साथ दिने एवं खुशीको खबर आउनेछ ।
मिथुन – स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवं पारिवारीक मेलमिलाप बढ्नेछ । वैवाहिक कुरा चल्ने एवं व्यवसायमा राम्रै प्रगति मिल्नेछ । साताको अन्त्यमा भने आलोचना हुनेछ । काममा अपजस मिल्ने तथा नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुनाले तनाव बढ्न् सक्छ ।
कर्कट– अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाइनेछ । आम्दानीमा वृद्धि एवं स्वास्थ्यमा सुधार हुनेछ । खर्च बढेपनि राम्रो ठाउँमा लगानी हुनेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्नेछ । पतिपत्नीबीच मेलमिलाप हुने तथा विदेश यात्राको योग बन्नेछ ।

सिंह– घरायसी मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवं चिन्ता बढ्ने देखिन्छ । साताको मध्यमा भने बौद्धिक कार्यमा रुचि एवं मनोरञ्जनमा दिन बित्नेछ । आम्दानी राम्रो हुनेछ । स्वास्थ्यमा प्रगति हुने एवं खेलकुदमा रुचि जाने देखिन्छ । अचानक फाइदा हुने योग छ ।
कन्या– छोटो यात्रा हुनेछ । दाजुभाईको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवं स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भने, व्यवसायमा प्रगति एवम धनमाल जोडिने योग छ ।
तुला– बोलीको प्रभाव बढ्नेछ । आफ्नो प्रस्तुतिले ख्याति कमाइनेछ । धनको कारोबार बढ्ने तथा ईष्टमित्रबाट सहयोग पाइनेछ । साताको मध्यमा भने घर छोड्नुपर्ने एवं खर्चमा वृद्धि हुनेछ । साताको अन्त्यमा भने पारिवारीक झगडा, मानसिक तनाव एवं काममा अवरोध आउनेछ ।
वृश्चिक– प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवम सदभाव पाइनेछ । धनको कारोबार बढ्ने एवम आकस्मिक फाइदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाई भाईमा मेलमिलाप एवं जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ ।
धनु – आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा खर्च हुने । नयाँ ठाउँको भ्रमण एवम काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाइदा, विलासितामा मन जाने एवं पारिवारीक भेटघाट र मिष्ठान्न भोजनको योग छ ।

मकर – लगानीमा फाइदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवं अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवम शारिरीक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाइदा एवम आँटेको काममा राम्रो खबर मिल्नेछ ।
कुम्भ – रोजगारीमा फाइदा मिल्नेछ । जिम्मेवारी थपिने एवम काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले ईष्र्या गर्नेछन् । साताको मध्यमा धनको लाभ हुने, व्यापारमा बढी फाइदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एवं मन नलागि खर्च गर्नुपर्नेछ । पारिवारीक तनाव एवं हुन लागेको काममा बाधा आउने देखिन्छ ।
मीन – धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवं अरुको सहयोग मिल्नेछ । ठूलाबडाबाट आश्वासन पाइने एवम मनमा खुशी बढ्नेछ । नोकरीमा फाइदा मिल्ने एवं गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवं मनोरञ्जनमा खुशी जानेछ । खर्च बढेतापनि अरुको सहयोगले आफ्नो काम पूरा हुनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah