काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अचानक अस्वस्थ भएका छन् । उनलाई उपचारका लागि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार साँझ अस्पताल पुगेका उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।
शरीरमा रगतको मात्रा कम भएको र आन्तरिक रक्त श्रावका कारण उनलाई आइसियुमा राखेर उपचार गराउन शुरु गरिएको हाल काठमाडौंमा रहेका नेपाली कांग्रेसको झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलले जानकारी दिए। चिकित्सकले नेता सिटौलालाई पेटको अल्सर भएको अनुमान लगाएका छन्। खबर मंच बाट साभार










