काभ्रे, ९ चैत– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका मध्यकमान्ड इञ्चार्ज एवं स्थायी समिति सदस्य हेमन्तप्रकाश वली पक्राउ काभ्रेबाट परेका छन् ।

काठमाण्डुबाट गएको प्रहरीको विशेष टोलीले वलीसहित ८ जनालाई शुक्रबार राति पक्राउ गरेको हो । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने वली सबैभन्दा उच्च नेता हुन् । वली पक्राउ परेसँगै विप्लवलाई अहिलेसम्मकै ठूलो धक्का लागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिनअघि वलीलाई नै पक्राउ गर्न काठमाण्डुबाट गएको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच काभ्रेको रोषी गाउँपालिकामा दोहोरो गोली हानाहान भएको थियो ।

उक्त घटनामा वली भाग्न सफल भएका थिए भने उनका अंगरक्षकसहित पाँच जना पक्राउ परेका थिए ।  वलीले बिहीबार मात्र विज्ञप्ति मार्फत सरकारले आफ्नो समूहलाई प्रतिबन्धित गरेकामा आपत्ति जनाउँदै प्रतिकार गर्ने चेतावनी दिएका थिए ।