दमक/स्थानीय तहको निर्वाचनको सरगर्मि बढेसंगै दमकमा मेयर को होला भनेर चर्चा चुलिरहदा माओबादी केन्द्रले दमकमा सर्वसम्मत रुपमा गगन पुरीको नाम अघि बढाएको पाईएको छ । उप मेयरमा को महिला उठाउने भन्ने बिषयमा भने माओबादीभित्र सहमति भइनसकेको जनाइन्छ ।
दमक नगरकमिटी र क्षेत्रिय कमिटिले पुरीको नाम केन्द्रमा सिफारीस गरिसकेको श्रोतले बताएको छ । पार्टीबाट श्रीकान्तको नाम पनि चर्चामा आएपनि उनले पुरीलाइ समर्थन जनाएका थिए । माओबादीले जिल्लाभरका स्थानीय तहको उम्मेदवारहरु छनौट गरि सार्वजनिकको तयारी गरिरहेको बताइएको छ । सम्भवत आजै पुरीलाइ मेयरको रुपम अघि सार्ने जनाइन्छ ।
मेयरमा आदिबासी जनजाति पनि भएकाले शान्ति धिमालको नाम सबैभन्दा बढि पार्टी भित्र चर्चामा रहेको एक माओबादीका जिल्ला सदस्यले बताएकाछन् । यसका अलवा भूमिका कोइराला, सुमित्रा वाङ्देल चेलीको नाम पनि छलफलमा आएको जनाइन्छ । प्राध्यापक समेत रहेकी राधिका सुबेदीले महिलालाइ मेयर नै दिनु पर्ने समेत आवाज उठाएकाले यदि चाहेमा सुबेदीको नाम पनि आउन सक्ने माओबादी श्रोतले बतायो ।



