दमक/दमक बहुमुखि क्याम्पसको स्वबियू निर्वाचनमा अत्याधिक मत अन्तरले अनेरास्वबियूका उम्मेद्धार रोशन भण्डारीले सचिब पदमा जितेपछि उनको चर्चा बिद्यार्थीमाझ चुलिएको छ । उनी बिद्यार्थीमाझ लोकप्रीय रहेका कारण नै यो सम्भव भएको अनेरास्वबियूका एक नेताले बताए । बिद्यार्थीहरुमा समस्या परेको समयमा तत्काल आउने र अन्तरब्याक्ति सम्बन्ध राम्रो भएका कारण उनले सबै बिद्यार्थी संगठनका बिद्यार्थीहरुमाझ राम्रो छाप छाडेकाले उनको सफलता सम्भव भएको जनाईएको छ । भण्डारीले बिद्यार्थीको बिश्वास र भरोसालाइ मर्न नदिने गरि काम गर्ने जनाएकाछन् । आफू अनेरास्वबियूबाट उम्मेदवार बनेर जितेपनि अब दमक क्याम्पसका सबै बिद्यार्थीहरुको प्रतिनिधिको रुपमा काम गर्ने उनले बताए । पारिवारिक रुपमा राजनीतिक पृष्ठभूमिबाट आएका भण्डारीको स्थानीय तहमा राजनीतिक उदय शुरु भएको छ । रोशन नेकपा एमालेका जिल्ला सदस्य मणि भण्डारी र महिला नेतृ चन्द्रकला भण्डारीका छोरा हुन् । भण्डारीले दमक क्याम्पसको स्वबियूमा आफ्नो संगठनको तर्फबाट हस्तक्षेपकारी भूमिका खेल्न सक्ने अवस्थामा रहेकाछन् । सुबिधाजनक बहुमत सहित संगठनको तर्फबाट स्वबियूमा उनको नेतृत्व रहने भएकाले निर्णयाक तहमा उनको भूमिका महत्वपूर्ण हुनेछ । स्वबियूमा अनेरास्वबियूको बहुमत रहेको छ ।