दमक/झापा दमक नगरपालिकाले पहिलो पटक झापाको दमकमा चर्म (छाला) रोग सम्बन्धि विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ । आइतवार दमक अस्पतालमा निशुल्क औषधि सहितको स्वास्थ्य शिविर गरेको हो । नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना सहितले विहान दमक अस्पताल पुगेर शिविर उद्घाटन गरेका थिए ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार डा. सैयन अमात्य, डा दिपक घिमिरे, डा.दिपायन पाण्डे सहित सेवा प्रदान गरेका थिए । १ सय ९१ जना छालाका बिरामीले सेवा लिएको उनले जनाए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय