काठमाडौं–प्रधानमन्त्री केपी शर्माले नेपालबाट विखण्डनवाद र पृथकतावादी सोचको अन्त्य भएको बताएका छन् । आफ्नै राष्ट्रिय गान, आफ्नै झण्डा बनाएको समूहले ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली...’ राष्ट्रिय गानबाट बैठक शुरू गर्नु स्वागतयोग्य भएको ओलीको भनाई छ ।
संघीय संसद्को हिउँदे अधिवेशनमा आइतवार समापन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले सरकारको एक वर्षको कार्यकालमा राजनीतिक रूपमा ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए ।
‘देशमा रहेको पृथकतावादी विचार बोक्ने संगठन, त्यसका गतिविधि अन्त्य भएका छन्, देशमा अब विखण्डनवादी संगठन छैनन्,’ ओलीले भने, ‘जसले हिजो आफ्नै राष्ट्रिय गान, आफ्नै झण्डा बनाएको थियो । उसले सयौ थुंगा फूलका हामी गित गाएर बैठक शुरू गर्छ भने यो स्वागतयोग्य कुरा हो ।’
गम्भीर समस्याको रूपमा रहेको विखण्डनवाद कुनै समयमा गएर विकृत हुनसक्ने खतरा रहेपनि त्यो समाप्त भएको ओलीको भनाइ छ । लोकान्तर बाट










