दमक/नेकपा माओबादी केन्द्र दमकले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी घोषणा गरेको छ । नगर संयोजक कर्मा पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा माओबादीका दमक नगर इन्चार्ज श्रीकान्तले नगरप्रमुखमा रेवतीराज पुरी(गगन) र उप—प्रमुखमा शान्ति धिमाललाई अघि सारेको छ । ७० बुदे प्रतिबद्धता सहित गगन र धिमालको नाम सर्वसम्मत रुपमा अघि सारिएको नगर सह संयोजक बेदु गौतमले जानकारी दिए ।
पुरीले आफ्नो प्रतिबद्धता जनाउदै जनताले खोजेको युवा जोश र बिकासमा नयाँ आयाम छर्ने ब्याक्ति आफू भएको बताए । उनले दमकलाई बिश्वमा चिनाउनका लागि आफ्नो जित आवश्यक रहेको भन्दै दमकलाइ युरोपको बिकसित शहर जस्तै बनाउने समेत दाबी गरेकाछन् । उनले भने–म दमकलाइ नेपालको युरोप बनाउने छु र यसलाइ सम्बृद्ध शहर बनाउने योजना म संग छ ।



