दमक/राप्रपा नव निर्वाचित केन्द्रिय सदस्य प्रविण चाम्लिङले अब आफूहरुले दमक पुरै कब्जा गर्ने बताएकाछन् । यसैसाता राजधानीमा सम्पन्न भएको राप्रपाको एकता अधिवेसनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएर झापाको दमकमा आएका चाम्लिङले सवाल नेपालसंगको कुराकानीमा भने–‘स्थानीय तहको निर्वाचनमा हामी दमकलाइ पुरै कब्जा गर्ने छौ ।’ मेयर सहित अधिकाँश वडाहरुमा आफूहरुले जितेर कब्जा गर्ने उनको भनाइ रहेको थियो । चाम्लिङले राजतन्त्रको बिषयमा जनमतसंग्रहबाट टुँगो लगाउने र हिन्दु राज्य भने आवश्यक रहेको आफूहरुको पार्टीको लाइन भएको बताए । आफूहरुको एकता अधिवेसनले स्थापित गरेका मूल्य र मान्यता बुझाउनका लागि आफूहरु जनताको घरदैलोमा जाने र स्थानीय तहको निर्वाचनमा होमिने समेत उनले जानकारी दिए । चाम्लिङ राप्रपा र राप्रपा नेपाल एकिकरण अघि राप्रपाका दमक नगर अध्यक्ष रहेका थिए । केहि समय अघि उनि केन्द्रिय सदस्यमा मनोनित भएपनि अहिले निर्वाचित केन्द्रिय सदस्य बनेका हुन् ।
https://www.youtube.com/watch?v=ObOk7LUmSLwचाम्लिङले भने—अब हामी दमक कब्जा गर्छौ भिडियो हेर्नुहोस
सवाल नेपालसंवाददाताशुक्रबार, १८ फागुन २०७३

चाम्लिङले भने—अब हामी दमक कब्जा गर्छौ भिडियो हेर्नुहोस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



