काठमाडौं– सोमबार नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने उद्देश्यका साथ श्रम सम्झौता भयो । यो सम्झौता अब १ अप्रिलदेखि लागु हुने छ । जापानले यस्तो सम्झौता नौ देशसँग मात्र गर्ने उल्लेख गरेको छ । ती नौ देशमध्ये दक्षिण एशियामा नेपाल मात्र जापानले छानेको देश हो ।

आखिर किन जापानले नेपाली युवालाई पहिलो प्राथमिकतामा राख्यो त ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार आयोजित कार्यक्रममा राजदूत साईगोले दक्षिण एशियामा कुनै पनि देश पहिले जापानको रोजाइमा नपरेको तर पछि एउटा देश त रोज्नै पर्छ भनेर नेपाल रोजेको बताए । उनले थपेका थिए, ‘नेपाल र जापानका व्यक्तिव्यक्ति तथा देशदेशबीच पनि सम्बन्ध निकै प्रगाढ छ, त्यसैले जापान नेपालप्रति सकारात्मक भएको हो ।’

यतिमात्र होइन, जापानमा रहेका नेपालीहरुले व्यवहार पनि अत्यन्त राम्रो भएकाले र जापानीहरुसँग उनीहरुको मन मिल्ने भएकाले नेपाल जापानको नजरमा परेको उनले बताए ।

जापानले नेपाललगायत ९ देशबाट पाँच वर्षमा ३ लाख चार हजार श्रमिक लैजाने बताएको छ । तर, यो संख्या जापानी रोजगारदाताको मागमा पनि भर पर्ने राजदूतले बताए । फरक धार बाट साभार गरीएको