काठमाडौं । दक्षिणकालीबाट पुरानो बसपार्क आउँदै गरेको बस दक्षिणकाली नगरपालिका–४ चाल्नाखेलमा दुर्घटना भएको छ ।

दक्षिणकालीबाट रत्नपार्कका लागि छुटेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस दुर्घटना हो । ३५ जना सवार बसका २४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा अधिकांश कलेज पढ्न जाने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनाका घाइतेहरुको फर्पिङ्गस्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार हुँदैछ । दुर्घटनाको थप विवरण आउँदै छ ।