बिष्णुप्रसाद पोखरेल
फागुण २० गते । नेकपा (एमाले)ले झापाको काकडभिट्टाबाट शुरु गर्ने मेची महाकाली राष्ट्रिय अभियानमा सहभागि हुन आउने पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितका शिर्ष नेताहरुलाई पार्टी कार्यकर्ता तथा जनताको घरमा राखिने बताइएको छ । यसलाइ राजनीतिक ‘होम स्टे’ को रुपमा लिइने छ ।

फागुण २१ गते शनिबारदेखि शुरु गर्ने संबिधान कार्यन्वयन, निर्वाचन र समृद्धि र स्वभिमान राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची—महाकाली अभियानको बिषयमा ओलीको गृह नगर दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइए अनुसार ओली सहित पार्टीका शिर्षस्थ नेताहरुलाई होटलहरुमा राखिने छैन ।

ओलीको सम्पर्कका कार्यालय दमकमा भएको पत्रकार सम्मेलनमा एमाले प्रदेश नं. १ का सदस्य देबेन्द्र दाहालले जानकारी गराए अनुसार पार्टी अध्यक्ष ओली, पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिब इश्वर पोखरेल लगायतका सबै नेताहरु जनताको घरमा बाँस बस्ने र बाँस बसेको स्थानमा नै खाना ख्वाउने ब्यवस्था मिलाईएको छ । दाहालले भन्नुभयो–‘गाँस र बाँसको ब्यवस्थाका लागि कसैलाई पनि गुहार मागिने छैन ।’
दमक र आसपासको क्षेत्रमा बसोबासको ब्यवस्था मिलाईएको बताउदै यसमा स्थानीय पार्टीका कार्यकर्ता देखि लिएर पार्टीका शुभचिन्तकहरु समेत आफ्नो घरमा ने
ताहरुलाइ लैजानका लागि आग्रह गर्न थालेको बताईएको छ । नेकपा एमाले झापा क्षेत्र नं. ७ का इन्चार्ज होमबहादुर थापाका अनुसार पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, बिभागिय प्रमुख, पूर्व मन्त्रीहरु सहित एकहजार जनालाइ जनाताको घरमा खाना सहित बसोबासको ब्यवस्था मिलाउने काम अन्तिम चरणमा पुगेको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीका अनुसार झापाका ३ वटा स्थानमा आमसभाहरु राखिएको छ । मेचीनगरको काकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा गर्ने निश्चित भएको छ ।  आमसभामा करिब एकलाख सहभागि हुने अनुमान गरिएको कार्कीले जनाउनु भयो । उहाँले भन्नुभयो–‘अभियानको उद्घाटनको तयारी पुरा भएको छ र यसमा जनसहभागिता उल्लेख्य रहने छ ।’

यसैबीच भोली शुरु हुने अभियानको प्रचारप्रसारका लागि एमालेको झण्डाले प्रमुख बजारहरु झकिझाकाउ भएकाछन् । सडक र प्रमुख बजारहरुमा सूर्य अंकित झण्डाहरुले भरिभराउ भएकाछन् । भातृ संगठनका झण्डाहरु समेत बाक्लो रुपमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah