पहिलो पटक महिला अन्तरिक्ष यात्रीमात्र स्पेसवाकमा जाने चर्चा चलेको थियो। दुई महिला पुरुषको सहारा बिना पहिलोपटक स्पेसवाकमा जानो नासाले बताएको थियो। स्पेसवाक अर्थात् अन्तरिक्षमा अन्तरिक्ष यान बाहिर हिड्ने तयारी गरिएको थियो।

तर, महिलालाई ठिक हुने लुगा नभएपछि दुई महिला एकसाथ स्पेसवाकमा जान नपाउने भएका छन्। महिलाले लगाउने अन्तरिक्ष यात्रीको लुगा एकमात्र ठिक भएपछि अब एक महिला र एक पुरुषलाई नासाले स्पेसवाकमा पठाउने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एनी मक्लेन र क्रिस्टिना कोच यसै शुक्रबार अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा गएर लिथियम–इउन ब्याटेरी इन्स्टल गर्ने प्रक्रियामा थिए।

तर नासाले स्पेस स्टेसनसँग एकमात्र मध्यम आकारको लुगा भएको जनाएपछि एकसाथ दुवै महिला स्पेसवाकमा जान नपाउने भएका हुन्।

शुक्रबार कोचले अब पुरुष अन्तरिक्षयात्री निक ह्यागसँग स्पेसवाक गर्नेछिन्। एजेन्सी