भद्रपुर । दमकका एक काष्ठ खरिद बिक्री केन्द्रमा छापा मारेर वन कर्मचारीले ठूलो परिणामको चिरान काठ बरामद गरेको छ । डिभीजन वन कार्यालय झापा, दमक र कनकाई सवडिभीजन वन कार्यालयको संयुक्त टोलीले दमक नगरपालिका ५ स्थित धनेश्वर काष्ठ खरिद बिक्री केन्द्रमा छापा मारेको हो ।
सो बिक्री केन्द्रमा छापा मारेर ३१० क्यु.वि साल जातको चिरान काठ बरामद गरिएको डिभीजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । बरामद गरिएको चिरान काठको सरकारी मुल्य ३ लाख १० हजार रहेको उनले बताए ।
बिक्री केन्द्रका सञ्चालक फरार रहेकोले उनको खोजी कार्य भइरहेको छ । पक्राउ परेसँगै सञ्चालक तामाङलाई झापा अदातलमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइने उनको भनाई छ । ‘सो बिक्री केन्द्रमा झापासंग जोडिएको इलाम चुलाचुली वन क्षेत्रबाट काठ तस्करी गरी ल्याएर त्यहाँ बिक्री वितरणका लागि भण्डारण गरेको हुनु पर्छ, उनले थपे । टाइम्स अफ प्रदेश बाट










