झापा । भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रेतीको सवारी दुर्घटनामा निधन भएको छ । चैत ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति–३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । बरुणको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको भगवती वेभेरेजका अर्का सञ्चालक सुमन पनेरुले बताए ।.

चैत ४ गते साँझ बुद्धशान्ति–३ काली खोलामा रहेको मिनिरल वाटर उत्पादन गर्ने भगवती वेभेरेज प्रालिबाट घर फर्कने क्रममा ट्याक्टरमा ठक्कर खाँदा मोटरसाइकलमा सवार बरुण गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेपछि उनलाई तत्काल विर्तामोडस्थित बिर्तासिटी अस्पताल पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि भोलिपल्टै विराटनगरको नोवेल अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । घोपामा पनि उपचार सम्भव नभएपछि हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको पनेरुले बताए ।टाइम्स अफ प्रदेश बाट