दमक/दमकमा मारवाडि महिला मञ्चको आयोजनामा एकदिने ब्यबस्थित बैठक ब्यवस्थापन सम्बन्धि अभ्यास तालिम सम्पन्न भएको छ । मारवाडि महिलाहरु पनि समाजमा बिभिन्न अभियानमा सहभागि हुदै गएपछि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा मारवाडी महिला मञ्चकी केन्द्रीय सदस्य रिता अग्रवाले देश बिकास र सामाजिक कार्यमा मारवाडी महिलाहरु पनि अघि बढ्नु पर्ने बताइन् । उनले यस्ता कार्यक्रमहरुले यस कार्यमा सहयोग पुग्ने जनाइन् । कार्यक्रममा सामाजिक अगुवा जि.एस कोईराला, सुयोग खरेल लगायतले मन्तब्य राखेका थिए । नेपाल औषधि ब्यबसायी सघंको बैठक कक्षमा सम्पन्न अग्रवाल समुदायका अगुवा युवा मुकेश अग्रवालले सचांलन गरेको तालिम कार्यक्रमलाई बद्री बराल र सन्तोष अधिकारीले सहजिकरण गरेका थिए । कार्यक्रमको सभापतित्व मारवाडी सेवा समितिका उपाध्यक्ष गौतम गुप्ताले गरेका थिए ।