उत्तम रिजाल,मोरंग। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा राज संंस्था छिट्टै पुनःस्थापना हुने दावी गर्नु भएको छ । सवाल नेपाल सँगको कुराकानीमा अध्यक्ष बस्नेतले यस्तो दावी गर्नु भएको हो । वहाँले भन्नु भयो जनता भन्दा शक्तिशाली कोही हुँदैन,जनता नै सबै भन्दा ठूलो शक्ति हो । जनताकै चाहाना राजा ल्याउने छ । अब छिट्टै राज संस्था स्थापना हुन्छ । वहाँले मुलुक बचाउन पनि राज संस्था आबश्यक छ भन्ने जनताले बुझिसकेको पनि धारणा राख्नु भयो ।
अध्यक्ष बस्नेतले नेताहरु पैसामा विक्री भएका कारण राज संस्था हटेको भन्दै पैसामा विक्ने बाहेकका सबै देशभक्त नेपालीहरु राजा ल्याउन लागि परेको पनि दावी गर्नु भयो । वहाँले भन्नु भयो हामीले त १२ बर्ष अघि देखी नै मुलुक बचाउन राज संस्था चाहिन्छ भनेका थियौ । अहिले १२ बर्ष पछि त्यो प्रमाणित पनि भएको छ । हालको राजाको भ्रमणमा जनताको उपस्थिति र अभिव्यक्तिले पनि त्यो देखाएको वहाँको तर्क थियो ।
त्यस्तै अध्यक्ष बस्नेतले शिव सेना हिन्दु राष्ट्र र राज संस्था स्थापनाका लागि जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको पनि बताउँनु भयो । तल प्रस्तुत छ वहाँसँग गरिएको कुराकानी सहितको भिडियो ।










