दमक/नेकपा एमालेले आजदेखि मेची महाकाली अभियान अन्र्तगत झापाको काकडभिट्टाबाट शक्ति प्रदर्शन गर्दैछ । संबिधान कार्यन्वयन र राष्ट्रियताको मुद्धा सहित एमालेले देश ब्यापी जागरण अभियान शुरु गरेको बताइएको छ । आज शनिबार काकडभिट्टाबाट शुरु हुने अभियानलाइ महत्वका साथ हेरिएको छ । काकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा राखिएको छ । शनिबार तीनवटै ठाँउमा आमसभाहरु हुने नेकपा एमाले नेता इन्द्र भण्डारीले बताए । उनका अनुसार तीन वटै स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली सहित बरिष्ठ नेताहरु झलनाथ खनाल,माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबार शिर्षस्थ नेताहरु झापाको दमकमा नै बस्नेछन् । आइतवार बिहान उनिहरु मोरङ लाग्ने नेकपा एमालेका प्रदेश सदस्य देबेन्द्र दाहालले बताए ।
एमालेले आजदेखि ब्यापक शक्ति प्रदर्शन गर्दै
सवाल नेपालसंवाददाताशनिबार, १९ फागुन २०७३

एमालेले आजदेखि ब्यापक शक्ति प्रदर्शन गर्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



