काठमाडौं– प्रदेश २ मा गत दुई दिनदेखि एसईई परीक्षाको प्रश्नपत्र आउट भएको घटनाले विद्यार्थीहरु तनावमा रहेकै बेला शनिवार हुने अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको हल्ला भ्रामक सावित भएको छ ।

शुक्रबार समाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा उक्त विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो दिनमै बाहिरिएको हल्ला फैलियो । तर उक्त प्रश्नपत्र २०७४ सालको एसईई परीक्षाको रहेको प्रमाण रातोपाटीले फेला पारेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अफवाह फैलाउन २०७४ सालको प्रश्नपत्रमा लगाइएको टिकमार्क र मिति काटेर सामाजिक सञ्जालमा शनिबार परीक्षा हुने विषयको प्रश्नपत्र बाहिरिएको भन्दै भाइरल बनाइयो । हिजो र आज प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । सो घटना थप सशंकित भएको र विद्यार्थीलाई त्रसित बनाउने उद्देश्यले केही उच्चश्रृंखल व्यक्तिहरुले गरिरहेको आरोप प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले लगाएका छन् ।

उनले संघीय सरकारद्वारा परिचालित केही व्यक्तिहरुले नै प्रदेश सरकारलाई बदनाम गराउने उद्देश्यले गत दुई दिनदेखि प्रश्नपत्र बाहिरिएर पुनः पुरानो प्रश्नपत्र राखेर विद्यार्थीलाई त्रसित बनाउने कार्य गरेको बताए । रातो पाटि बाट