केपी शर्मा ओली
सहिद स्मृति दिवसको पूर्वसन्ध्यामा २०७२ साल फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट लोकतन्त्रका निम्ति जीवन उत्सर्ग गर्नुहुने २२ जना योद्धाहरूलाई विधिवत् सहिदको सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । प्रातःस्मरणीय सहिदहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरिरह“दा मलाई अत्यन्त गौरवानुभूति र जिम्मेवारीबोध भएको छ । नेपाल राज्यको निर्माण गर्न, बाह्य आक्रमण तथा हस्तक्षेपबाट यसको स्वतन्त्र अस्तित्व तथा सार्वभौमसत्ताको रक्षा गर्न तथा क्रान्तिकारी परिवर्तनका माध्यमबाट समाजलाई लोकतान्त्रिक, न्यायपूर्ण, समानतामूलक र समृद्ध बनाउन हाम्रो अग्रज पुस्ताले आफ्नो रगतपसिना खर्चेको थियो । उहा“हरूको त्यही योगदानका कारण आज नेपाल एउटा स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अस्तित्वमा छ र नेपाल लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । समाजमा जागरण र चेतनाको अभूतपूर्व विकास भएको छ । यसका लागि हामी सहिदहरूप्रति सधैंभरि कृतज्ञ र आभारी छौं । उहा“हरूप्रतिको उचित सम्मानले नै हामीलाई भविष्यतिर अगाडि बढ्न अभिप्रेरित गर्छ ।
नेपालको राष्ट्रिय राजनीतिमा झापा आन्दोलनको विशेष योगदान रहेको छ । यसै आन्दोलनले ०१७ सालको तानाशाही कदमपछि निकै शिथिल बनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई नया“ जागरण प्रदान गरेको थियो । समाजमा राजतन्त्रविरुद्ध विद्रोह गर्ने नया“ ऊर्जा पैदा गरेको थियो । झापा आन्दोलनकै प्रेरणाले हजारौं युवाहरू समाज रूपान्तरणको आन्दोलनमा होमिएका थिए । त्यसरी नै झापा आन्दोलनले विभाजन, विखण्डन र अवसरवादका कारण क्षतविक्षतजस्तै भएको नेपाली कम्युनिस्ट आन्दोलनमा नया“ जीवन प्रदान गरेको थियो । यसले आन्दोलनमा क्रान्तिकारी उत्साह र बलिदानी भावना जागृत गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने नया“ शृङ्खला पनि सुरु गरेको थियो । गम्भीर उग्रवामपन्थी गल्तीहरू भए पनि समयमै तिनबाट पाठ सिक्दै र तिनलाई सच्याउ“दै नेपाली क्रान्तिको मौलिक सिद्धान्त, बाटो र संरचना निर्माण गर्ने कामलाई नया“ उचाइमा पु¥याउने काममा पनि झापा आन्दोलनको ठूलो योगदान रहेको स्पष्टै छ । झापा आन्दोलनले नेपाली राजनीतिमा त्याग, बलिदान र उत्सर्गको एउटा नया“ मानकसमेत स्थापित गरेको थियो । झापा आन्दोलनले सिर्जना गरेको नया“ ऊर्जालाई निस्तेज पार्नकै लागि तत्कालीन सरकारका तर्फबाट भीषण दमन गरिएको थियो ।
नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका निम्ति फागुन २१ गते विशेष, अविस्मरणीय र प्रेरणादायी दिन हो । ०२९ सालमा यसै दिन तत्कालीन निरङ्कुश शासकहरूविरुद्ध विद्रोह गर्ने क्रममा बन्दी बनाइनुभएका झापा जिल्लाका पा“चजना अग्रज कमरेडहरूलाई चन्द्रगढी कारागारबाट इलाम सार्ने निहु“मा सुखानीको जङ्गलमा लगी कायरतापूर्वक हत्या गरिएको थियो । व्यक्तिगत सुखसुविधा र पारिवारिक हितको कुनै पर्वाह नगरी निरङ्कुशतन्त्रविरुद्ध बलिदानी सङ्घर्षमा होमिने उहा“हरूको सङ्घर्षशील जीवन एवम् देश, जनता र क्रान्तिको पक्षमा बुलन्द आवाज उठाउ“दै हा“सीहा“सी मृत्युको सामना गर्ने गौरवशाली सहादतले नेपाली जनतालाई लोकतान्त्रिक आन्दोलनमा होमिन उत्प्रेरणा प्रदान गरेको थियो । हत्या गरिने बेलामा कमरेड कृष्ण कुइ“केल त १८ वर्षको मात्रै हुनुहुन्थ्यो । कमरेड नारायण श्रेष्ठको उमेर पनि कलिलो नै थियो । तर, उहा“हरू सबैले मृत्युलाई हा“सीहा“सी सामना गर्नुभयो र नेपालका हजारौं युवाहरूलाई आन्दोलनमा होमिन उत्प्रेरणा प्रदान गर्नुभयो ।
उहा“हरूकै बलिदानको जगमा उभिएको नेकपा (एमाले) आज राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्न सफल भएको छ । सहिदहरूको आदर्शबाट प्रेरित जनताको आन्दोलनको बलमा आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनता सम्प्रभु एवम् अधिकारसम्पन्न भएका छन् । नेपालको संविधान जारी भएर मुलुक दिगो शान्ति, समुन्नत लोकतन्त्र, राजनीतिक स्थिरता, सामाजिक न्याय र समृद्धिको दिशामा अग्रसर भएको छ । हामीले प्राप्त गरेका यी युगान्तकारी उपलब्धिमा सहिदहरूको प्रेरणाले सदैव मार्गदर्शन गरिरहेको छ ।
सहिदहरूका यिनै अविस्मरणीय योगदानलाई स्मरण गर्दै नेपाल सरकारले झापा आन्दोलनका अग्रजहरूलगायत निरङ्कुशतन्त्रविरुद्ध न्याय र समानताको आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाहरूलाई राज्यको तर्फबाट सहिदको विधिवत् सम्मान प्रदान गर्ने निर्णय गरेको छ । यसरी सहिदका रूपमा औपचारिक रूपमा सम्मानित हुनुहुनेमा सुदूरपश्चिमका किसान नेता एवम् देशभक्त अग्रज भीमदत्त पन्त तथा राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा मृत्युदण्ड दिइनुभएका दुर्गानन्द झा हुनुहुन्छ । पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध विद्रोह गरेको अभियोगमा सेनाद्वारा हत्या गरिएर टाउको झुन्ड्याउ“दै ल्याएर सदरमुकाम तम्घासमा प्रदर्शन गरिनुभएका गुल्मीका समशेरबहादुर खत्री एवम् पञ्चायती शासनविरुद्ध सङ्घर्षमा होमिनुभएका लीलानाथ दाहाल, ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, गोकर्णबहादुर कार्की, राम उपाध्याय र लक्ष्मण उपाध्याय हुनुहुन्छ । त्यसरी नै जेलबाट निकालिएर हत्या गरिनुभएका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई पनि राज्यले विधिवत् रूपमा सहिदको सम्मान प्रदान गरेको छ । सुखानीका अग्रज योद्धाहरूका अलावा चन्द्रबहादुर डा“गी, २७ वर्षको कलिलो उमेरमै पञ्चायती शासकहरूबाट हत्या गरिनुभएका रत्नकुमार बान्तवा, ऋषि देवकोटा ‘आजाद’, हरि नेपाल, चन्द्रबहादुर पुरी र सूर्यनाथ यादवलाई पनि सरकारले सहिदका रूपमा सम्मान गरेको छ ।
लामो समयसम्म राज्यको तर्फबाट सहिदहरूको पहिचान गर्ने, उहा“हरूको योगदानलाई उचित कदर गर्ने र उहा“हरूका आदर्शलाई समाजमा स्थापित गर्ने कुरामा कमी रहन गए । जुन सहिदहरूको बलिदानको प्रेरणाले पञ्चायती व्यवस्था समाप्त भएर मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भयो, त्यस कार्यकालमा पनि आन्दोलनका सहिदहरूको व्यवस्थित पहिचान गर्ने र राज्यको तर्फबाट सम्मानित गर्ने काम हुन सकेन । मुलुकमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । त्यस द्वन्द्वमा १७ हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको ज्यान गयो । त्यसअघि र पछि पनि विभिन्न रूपमा घटनाहरू घटे र सर्वसाधारण नेपालीहरूले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भयो । तर, पछिल्लो समय व्यवस्थित परिभाषा गरेर र तथ्यपरक अध्ययन–अनुसन्धान गरेर सहिदहरूलाई सम्मानित गर्नेभन्दा जस्तोसुकै घटनामा मरे÷मारिएको भए पनि सहिद घोषणा गरिनुपर्छ भनेर दबाब सिर्जना गर्ने, क्षतिपूर्तिका नाममा मोलतोल गर्ने र राज्यकोषबाट व्यवस्थित मापदण्डविनै राहत उपलब्ध गराउनेजस्ता प्रवृत्ति हुर्किन थाले । यसले देश र जनताको हितका निम्ति सङ्कल्प गरेर, जीवनको कुनै प्रवाह नगरेर आन्दोलनमा होमिएका र आस्थाका आधारमा निरङ्कुश सरकारद्वारा हत्या गरिएका वास्तविक सहिदहरूको गरिमा नै ओझेलमा पर्नेजस्तो अवस्था सिर्जना भयो । यस्तो स्थिति कायम राखिनुहु“दैन । निश्चय नै कसैको पनि अनाहकमा ज्यान जानु दुःखद कुरा हो र राज्यस“ग ती सबै कुराको अभिलेख सुरक्षित रहनुपर्छ । आफ्नो अवस्थाले भ्याएसम्म पीडितका परिवारजनलाई राहत पनि उपलब्ध गराउनुपर्छ । तर, सहिदको सम्मान विशेष व्यवस्था हो र यसलाई राज्यले यही हिसाबले मर्यादित र व्यवस्थित गर्नुपर्छ । नेपाल सरकारले आगामी दिनमा यस विषयलाई व्यवस्थित ढङ्गले अगाडि बढाउ“दै जानेछ ।
सबै खालका विभेद, असमानता, थिचोमिचो र उत्पीडनको अन्त्य, सबैलाई समान सम्मान, अधिकार तथा सबैलाई बराबरी पहिचान र सुरक्षा, समतामूलक र न्यायपूर्ण समाजको स्थापना तथा स्वाधीन, सबल तथा समृद्ध राष्ट्र निर्माण सहिदहरूको सपनाको सार हो । संविधान निर्माणमार्फत हामीले सहिदहरूका आदर्शहरूलाई सफल पार्ने दिशामा ऐतिहासिक सफलता प्राप्त गरेका छौं । संविधानको प्रभावकारी कार्यान्वयनमार्फत आर्थिक–सामाजिक रूपान्तरणलाई तीव्र रूपले अगाडि बढाउ“दै नेपाललाई समृद्ध र समुन्नत राष्ट्रका रूपमा स्थापित गर्न सक्नु नै सहिदहरूप्रति सा“चो श्रद्धाञ्जली हुनेछ । नेपाली राजनीतिका पछिल्ला घटनाक्रमहरूले हामीलाई मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, स्वाभीमान, राष्ट्रिय हित, सामाजिक सद्भाव र आत्मनिर्भरताका निम्ति अझ बढी सजग, एकताबद्ध र क्रियाशील भएर अगाडि बढ्नुपर्ने शिक्षा दिएका छन् । वैचारिक स्पष्टता, सङ्गठनात्मक चुस्तता, कार्यशैलीगत स्वस्थता र व्यापक जनाधारयुक्त नेकपा (एमाले) को नेतृत्वमा मात्रै यी अभिभाराहरू पूरा गर्न सम्भव छ । नेकपा (एमाले) आफ्नो का“धमा आएका ऐतिहासिक अभिभाराहरू पूरा गर्न दृढ सङ्कल्पित छ ।
सहिद दिवसको यस अवसरमा पुनः एकपटक प्रातःस्मरणीय सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिङ्गो पार्टीका तर्फबाट उहा“हरूले देखाएको बाटोमा अविचलित ढङ्गले अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।



