झापा:  नेकपा (एमाले)ले आकस्मिक रुपमा मधेसी र थारु समुदायका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । एमालेले एकैपटक १६ जना मधेसी, ३ जना थारु, १ जना मुस्लिम र १ जना मगर समुदायबाट केन्द्रीय समितिमा मनोयन गरेको हो ।

मेची–महाकाली अभियान सुरु गर्नुअघि शुत्रबार राती विर्तामोडमा बसेको स्थायी कमिटिको बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा र ९ वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमालेका शिर्ष नेताहरु सबै झापा पुगेका छन् । शुक्रबार राती आस्कमिक रुपमा बसेको स्थायी कमिटि बैठकले २१ जनालाई केन्द्रीय कमिटिमा ल्याएको हो । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता र केन्द्रीय नेता सहभागी हुने सो अभियान झापाको काकडभित्ताबाट भोली सुरु भई दमक, बिराटचौक, कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर अभियान समापन हुनेछ ।

त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।

यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव र रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने तेली पर्सा र बैठा सर्लाहीका हुन् । त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, रञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको छ ।

एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित १८५ सदस्यीय थियो । २० जना थपिएपछि अब केन्द्रीय कमिटी २०५ सदस्यीय बन्न पुगेको छ । यसअघि केन्द्रीय कमिटीमा मधेसी र थारुको प्रतिनिधित्व १७ जना मात्रै रहेकोमा अब ३७ पुगेको छ ।

मनोनित केन्द्रीय सदस्यहरु १. रघुविर महासेठ (धनुषा) २. धर्मनाथ साह (सिराहा) ३. रामचन्द्र यादव (सिराहा) ४. गंगा यादव (सिराहा) ५.धर्मनाथ यादव (सिराहा) ६. रामचन्द्र शाह तेली (पर्सा) ७. रामदयाल मण्डल (महोत्तरी) ८. रत्नेश्वर गोहित (धनुषा) ९. रवीन्द्र बैठा (सर्लाही) १०. लालबाबु यादव (रौतहट) ११. यदुबंश झा (धनुषा) १२. हरिनारायण महतो (धनुषा)

बैकल्पिक सदस्यहरुमा १. नारदमुनी राना (कैलाली) २. जुली महतो (धनुषा) ३. मञ्जु चौधरी (उदयपुर) ४. शान्ता चौधरी (दाङ) ५. हरि राजवंशी (झापा) ६. सुधिर शाह (धनुषा) ७. सरोज यादव (महोत्तरी) ८. सरला यादव (रौतहट) ९. महमत हारुन (बाँके)