दमक/झापाको दमकमा शहरी विकास मन्त्रलायका सचिव सहितको टोली आएर दमकका ठुला विकास योजनाको बिषयमा चासो राखेको छ । बिभिन्न योजनाहरुको बिषयमा चासो र गर्न सकिने कामको बिषयमा छलफल भएको पाईएको छ ।
मन्त्रालयका सचिब डा.रमेशप्रसाद सिंह सहितको टोलीले भ्यू टावर, साइन्स पार्क, दमक बसपार्क लगायतको बिषयमा चासो पुर्वक स्थलगत अवलोकन गरेको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब इन्द्र भण्डारी सहितको टोली शनिवार दमक आएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष बोधराज न्यौपाने, नबिन बराल लगायत टोलीमा सहभागि थिए ।










