दमक/झापाको गौरादहमा आज सवारी दुर्घटना भएको छ । गौरादह नगरपालिका वडा नं. ७ गुरास चोकमा दुर्घटना भएको हो । पाडाजुंङगी गौरिगंज सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को १ ख ४२९२ को ट्रकले त्यहि दिसाबाट आउदै गरेको मे ९ प ९४७० नं.को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जानएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक अकालु राजबंशी घाईते भई उपचारार्थ लाईफ लाईन अस्पताल दमक पठाईएको पनि प्रहीको भनाइ छ ।










