काकडभिट्टा, २१ फागुन- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मेची– महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन् । हजारौं जनसहभागिताबीच आफ्नो भनाई राख्दै ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभिभारा आफ्नो पार्टीको कांधमा रहेको वताए ।

काकडभिट्टाबाट सुरु भएको एमालेको अभियान आजै विर्तामोड र दमकमा पनि सभा हुनेछ । अभियानमा हजारौं नागरिक सडक यात्रामा उत्रेका छन् । नाचगान र विभिन्न झाँकीसहितको र्याली काकडभिट्टाबाट विर्तामोड हुँदै दमक पुग्नेछ ।

४४ वर्षअघि झापा आन्दोलनले सुरु गरेको अभियानलाई यहाँसम्म ल्याइपुर्याएका छौं । वैचारिक स्पष्टताका साथ हामीले नेतृत्व गरेका छौं । संविधान बनाउने बेला एमालेले अगुवाई नगरेको भए संविधान बन्ने थिएन ।

संविधानले जनताका अधिकारलाई संस्थागत गरेको छ । त्यसलाई कार्यान्वयन गर्नु पर्ने छ । संविधान जारी गर्न नदिने प्रयास थियो, पराजित गर्यौं । अहिले कार्यान्वयन गर्न नदिने प्रयास छ । त्यसलाई पनि असफल पार्छाैं । चुनाव गर्न एमालेले दवाव दिनु परेको छ । अहिले पनि सत्ताका समर्थक नै चुनाव हुन दिंदैनौं भनिरहेका छन् । २० वर्षपछि स्थानीय तहका प्रतिनिधि चुनिंदैछन् । सार्वभौमसत्ता जनतामा छ तर, वास्तविक रुपमा जनतामा जान नदिन चुनाव हुन नदिने प्रयास गरिरहेका छन् । जनताले अधिकार प्रयोग गर्न नपाउन् भन्ने प्रयस गरिरहेका छन् ।

हाम्रो राष्ट्रको हित, भौगोलिक अखण्डता, समृद्धिको यात्रा यसको नेतृत्व एमालेले गरेको छ । यहाँको विविधतालाई दुरुपयोग गर्ने प्रयास अर्काेथरीले गरेका छन् । चुनाव हुन नदिने, संविधान कार्यान्वयन हुन नदिने, लोकतन्त्रलाई संस्थागत हुन नदिने प्रयास अर्काथरीले गरेका छन् । हिंसा भड्काउन खोजिरहेका छन् ।

यो अभियान लोकतन्त्रको अभियान, शान्तिको अभियान, विविधता बीचको एकताको अभियान, समृद्धिको अभियान हो । हामी नेपाललाई सुन्दर बनाउँछौं र नेपाली जनतालाई सुखी बनाउँछौं । हामी कसैको अधिकार खोस्ने, कसैको कार्यक्रम बिथोल्ने भन्दैनौं । देशको स्वाभीमानका विरुद्धमा कसैले गतिविधि गर्छ भने त्यसलाई मञ्जुर गर्दैनौं । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान हो ।

कसैको आदेश एमालेले मान्दैन । जनता बाहेकको आदेश मान्दैन । संविधान मान्छ, कानुन मान्छ, संविधान कानुन भन्दा बाहिरका कसैका फूर्ति मान्दैन । राष्ट्रको एकता र समृद्धिको संकल्प गर्छ, राष्ट्रियतालाई कमजोर बनाउने कुनै प्रयासलाई मान्दैनौं असफल पार्छाैं ।
संविधान संशोधन संविधान विपरित छ, जनभावना विपरित छ । देशको हित विपरित छ । यस्तो प्रस्ताव नैतिक हिसावले संसदले र जनताले पास गर्न सक्दैनन् । लोकतन्त्र संस्थागत गर्ने जनतालाई अधिकारसम्पन्न बनाउने र देशलाई समृद्ध बनाउने अभियान एमालेको मात्रै होइन सबै नेपाली जनताको अभियान हो । आज यो काकडभिट्टाबाट विर्तामोड र दमका आजै हुन्छ । एमालेसँग देश बनाउने अभिभारा छ । यो महाअभियान हो एमाले बाहेक अरु कसैले चलाउन सक्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah