भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस गरे । विसं २०४८ मा चाँगुनारायण नगरपालिका–४ की पार्वतीसँग मागी विवाह गरेका ताथली– ९ का हरिबहादुर गिरीले कान्छी श्रीमती भित्र्याएपछि भने पार्वतीको दुर्गती शुरु भएको बताउँछन्, उनका परिवार ।

भक्तपुर क्यान्सर अस्पतालमा पाठेघर क्यान्सरको उपचारका क्रममा निधन भएपछि पार्वतीको शव भक्तपुर नगरपालिका हनुमानघाटस्थित दशनामी समुदायको समाधिस्थलमा दाहसंस्कारका लागि लगेर खबर गर्दा पनि नआएपछि गुठियारले गएर ल्याएका पति हरिबहादुरले मृतक श्रमिती र छोरीहरुको अनुहार समेत नहेरी फर्किएको छोरीहरु बताउँछन् । “आमाको पार्थिव शरीरमा दागबत्ती दिएर एक मुठ्ठी माटो समेत नदिने निर्दयी बाबुले श्रीमतीको किरिया पनि बस्दिन, जूठो पनि बार्दिन भनेपछि दागबत्ती दिएर आमाको अन्तिम संस्कार गरी हामी दुई छोरी नै आमाको किरियामा बसेका हौ”, गहँभरी आँशु पार्दै जेठी छोरी प्रभाले भनिन् ।

बाबुले एक पटक पनि आफूहरुलाई फर्केर नहेरेको गुनासो गर्दै सौतेनी आमा ल्याएपछि बाबु पनि सौतेनी हुन्छ भन्ने भनाइ आफ्नो जीवनमा चरितार्थ भएको दुबैछोरी बताउँछन् । जेठी छोरी प्रभा भन्छिन्–“बुबाले कान्छी आमा ल्याउँदा म सानै थिए, मेरी बहिनी त आमाको गर्भ मै थिई, मरो आमालाई घरबाटै निकाल्न खोजेका थिए, आमालाई धेरै नै शारीरिक तथा मानसिक यातना भोग्नु प¥यो, आमाको बलजफ्तीले छिढीँमा एउटा कोठा बारेर बाससम्म पाइन, हामी दुई दिदीबहिनी भने मामाघर मै हुर्कियौ ।”पार्वतीको दाजु गोपाल गिरी दुई भाञ्जीलाई सानैदेखि आफूले ल्याएर पालेको, पढाएको बताउँदै ज्वाइँले श्रीमती र छोरीहरुप्रति अलिकित पनि माया नदेखाएको देख्दा यस्ता बाबु पनि हुदाँ रहेछन् भन्ने लागेको बताउनुहुन्छ ।

गोपाल भन्नुहुन्छ, “घरमा खाने चामल समेत छैन भनेर बहिनीले निकै गुनासो गरी, मैले उनलाई पनि माइतीमै आएर बस भने तर मानिनन्, एक्लै भए पनि घरमा सङ्घर्ष गरेर बस्छु भनिन्, विसं २०७२ को भूकम्पमा बसेको घर भत्किएपछि भाडामा जग्गा लिएर टहरोमा बस्दै ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकी पार्वतीको शरीर भरी क्यान्सरले गाँजेको पनि पत्तै पाइनन् ।” स्नातकोत्तर अध्ययनको तयारीमा रहेकी प्रभा र स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रमिताको भविष्य पनि उनै मामा गोपालको काँधमा अड्किन पुगेको छ । गोपाल भन्नुहुन्छ, “दुःखैदुखमा बहिनीको जीवन सिद्धियोे, यी दुई भाञ्जीको थप जिम्मेवारी पनि मेरो काँधमा आएको छ, भविष्यमा जस्तोसूकै परिस्थितिमा पनि लड्नसक्ने, आफ्नै खुट्टामा उभिनसक्ने बनाउनुछ ।

आफू जन्मेपछि अहिलेसम्म एक पटक पनि बाबुले मुख नहेरेको बताउने प्रमिता आमाको मृत्युमा समेत बाबुले देखाएको निर्दयता सम्झिँदा धिक्कार्न मन लागेको बताउँछिन् । उनी भन्छिन्–“एकदिन सबैको मर्ने दिन आउँछ, सुख सधँै हुँदैन, बाबु भएर पनि दुःखमा हामीलाई पनि सम्झने दिन आउला नी ।” आमाको किरिया सिध्याएपछि जाने ठाउँ काहीँ नभएका प्रभा र प्रमिताले मामाघरमै जाने निधो गरेकी छिन् । यद्यपि उनीहरुको भविष्यको टुङ्गो भने छैन । किरियापछि आमाले नमागेको अधिकारका लागि कानूनी लडाइँ लडेर न्याय माग्ने योजनामा छन्, दुई दिदीबहिनी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah