दमक/गौरादहको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा झिनो मतान्तरले हार बेहोर्न बाध्य भएको दुर्गा गौतमले उच्च राजनीतिक तथा सामाजिक संस्कार देखाएकाछन् ।

उनले आफु हार्ने निश्चित बन्न साथ सबै जित्नेलाइ सामाजिक सञ्जाल मार्फत शुभकामना दिए भने मतदाताहरुप्रति आभार पनि प्रकट गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार राती अबेर आएको अन्तिम नतिजामा बाबुराम भण्डारीले जित हासिल गरेका थिए ।

आइतवार विहान गौरादहको स्कूलचौनमा भएको एक कार्यक्रममा दुबैजना एकैठाँउमा ओल्लो र पल्लो कुर्सिमा देखिएका थिए ।

नजिकै गौरादह उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दीलिप भण्डारी पनि साथमा थिए ।

गौतमले भने, बाबुरामसर संगको मेरो फोटो खिचिदिनुहोस् ।