विष्णुप्रसाद पोखरेल/ दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक र कमल गाँउपालिकाको साविक लखनपुरमा बिभिन्न रुपमा बिबाद खडा गरिएको दुइ ठुला योजनाहरु अब तत्काल शुरु गरिने बताएकाछन् । उनले दमकको औधोगिक पार्क र लखनपुरको अन्तराष्ट्रिय रंगशाला अब बन्न शुरु गर्ने बताएकाहुन् ।

आइतवार झापाको दमकमा प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत बाङ्मय सङ्गोष्ठी र नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा ओलीले सम्बृद्धिको लक्ष्य हासिल गर्नका लागि अब कसैको कुरा नसुनी अघि बढ्ने बताए । उनले विकास र सम्बृद्धि सबैको चाहाना भएकाले अवरोध नहुने विश्वास रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रंगशालाका लागि ५ देखि १० अरब लाग्ने र त्यो रकम आफुले जुटाउने ओलीले प्रतिबद्धता पनि जनाए । उनले भने, बिबादका कारण ढिला भयो अब भने ढिला गर्नु हुदैन भन्ने सबैलाइ बुझेकाले काम अघि बढ्छ । ओलीले यस क्षेत्रको विकास र सम्बृद्धिसंगै मुलको सम्बृद्धि गरेर छाड्ने जनाए ।

ओलीले कला साहित्य र सस्कृतीको जगेर्ना गर्नका लागि बर्तमान सरकार प्रतिबद्ध रहेको जनाउदै बजेट अभाव हुन नदिने पनि बताए । उनले नेपालको पहिचानलाइ झल्काउने ग्रन्थ प्रकाशन र साहित्यिक जागरणका लागि सरकारले खर्चको अभाव हुन नदिने भन्दै प्राज्ञ प्रतिष्ठानलाइ योजना लिएर आउन आग्रह गरे ।

प्रतिष्ठानका उपकुलपती जगमान गुरुङले नेपालको पहिचान बोकेको ग्रन्थ लेख्नका लागि बजेट अभाव रहेको जनाएका थिए । उनले कार्यक्रममा स्वागत मन्तब्य राख्दै यसका लागि ५ करोड माग गरेपछि प्रधानमन्त्री ओलीले ५ करोड नभएर जति लाग्छ त्यति दिने भन्दै योजना ल्याउन निर्देशन दिए ।

नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपती गंगाप्रसाद उप्रतीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राइ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतले बोलेका थिए ।