धनुषा। जनकपुरबाट उडेको बुद्ध एयरको जहाज बिराटनगरमा आकस्मिक अवतरण गरेको छ । आइतबार साँझ आएको भीषण हावा हुरीका कारण जनकपुरबाट साँझ ५ बजे काठमाडौंका लागि उडेको सो जहाज बिराटनगरमा आकस्मिक अवतरण गरेको हो ।

बुद्ध एयरका मेनेजर विजय सिंहका अनुसार एटिआर ठद्द नम्बरको जहाज विराटनगर अवतरण गरेको थियो । जहाजमा यात्रारत यात्रु हावाहुरीमा फसेको मेनेजर सिंहले जानकारी दिए ।