दमक/हिजोबाट झापामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ हावाहरीले भएको ठुलो मानवीय क्षतिप्रति दुख ब्यक्त गर्दै उद्धारका लागि कुनै कमी नगर्न निर्देशन दिएकाछन् । उनले हेलिकप्टरमार्फत घाइते उद्धार गर्न समेत निर्देशन दिएकाछन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब इन्द्र भण्डारीका अनुसार घटना सुनेदेखि नै ओलीले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायसंग समन्वय गरेर उद्धारमा कमी आउन नदिन निर्देशन दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्

बारारपर्सा जिल्लाको केही स्थानमा सॉझ आएको डरलाग्दो ऑधिरहुरीबाट धनजनको अकल्पनीय क्षति भएको छ। यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु।

प्रमद्वारा मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएकोछ।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।