दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीले पुर्याएको जनधनको क्षतिप्रति दुख ब्यक्ति गर्दै राहत एवं उद्धारमा सबै सुरक्षा अंगहरु परिचालन भएको बताएकाछन् ।
उनले घटना भएको थाहा पाउनसाथ नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्न निर्देशन दिएको जनाए ।
उनले उद्धार तथा उपचारमा कुनै कमी हुन नदिने पनि बताए ।
उनले नेकपाका पार्टी नेता कार्यकर्ता पनि उद्धार कार्यमा सक्रीय रहेको बताए ।











