झापा । झापाको तीन वटा स्थानीय तहमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका अनुसार भद्रपुर नगरपालिका, हल्दिवारी र कचनकवल गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको हो ।

आइतबार राती पानीसँगै आएको हावाहुरीको कारण बिर्तामोड भद्रपुर ३३ केभी प्रशारण लाइनमा खराबी आएपछि विद्युत सेवा अवरुद्ध भएको वितरण केन्द्रका इन्जिनियर नितेशकुमार यादवले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार राती ११ बजेदेखि सोमबार विहान साढे १० बजेसम्म विद्युत सेवा सुचारु भएको छैन । ३३ केभी प्रशारण लाइनको समस्याको बिषयमा कर्मचारी खटाइएको बताउँदै इन्जिनियर यादवले भने, अहिले सम्म प्रशारण लाइनको समस्या भेटिएको छैन, समस्या भेटिने बित्किै सेवा सूचारु हुन्छ ।

यता विद्युत सेवा अवरुद्ध हुदाँ तीन वटा स्थानीय तहमा उद्योगधन्धा, कलकारखाना लगायतका कामकाज ठप्प भएको छ ।