काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले हावाहुरीबाट घाइते भइ अस्पतालमा उपचाररत पीडितहरुलाई भेटेका छन् ।
सोमबार दिउँसो झापाबाट बारा आएका प्धानमन्त्री ओलीले बाराको कलैयास्थित अस्पतालमा उपचाररत घाइते तथा पीडित परिवारलाई भेटेर शान्त्वना दिएका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक योजना मन्त्री रघुबीर महासेठ पनि घाइतेहरुलाई भेट्न कलेया अस्पताल पुगेका छन् ।











