काठमाण्डु, १८ चैत – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले एक दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । नेकपाका सांसदहरुले बारा र पर्साका हावाहुरी प्रभावित नागरिकको लागि आर्थिक सहयोग स्वरुप एक दिनको पारिश्रमिक बराबरको रकम उद्धार कोषमा जम्मा गर्ने भएका हुन् ।

‘बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं, त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ट्विट गर्दै भनेका छन्, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड