दमक/झापा कमल गाँउपालिका ५ स्थित पाडाजुङीमा सवारी दुर्घटना भएको छ ।

गौरादह सडक खण्डमा उतरबाट दक्षिण जादै गरेको मे ११ प ९८७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउदै गरेको मे १ च १८०६ नम्बरको मारुती भेनलाई ठक्कर दिई अनियन्त्रित भई दक्षिण तर्फ जादै गरेको मे १ ह ६०३८ नम्बरको अटोलाई समेत ठक्कर दिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकल चालक झापा कमल गाँउपालिका १ तोपगाछी बस्ने बर्ष ४३ को खिरेन्द्र गड्र्तौला, अटोमा सवार झापा गौरादह नगरपालिका १ बस्ने बर्ष २८ की सहनशिला फुयाल र बर्ष २१ की प्रज्ञा बुढाथोकी स घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।