काठमाडौँ । आज पनि बेलुकातिर पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने बताईएको छ । पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अन्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् । साथै उनले आज पनि हावाहुरी चल्ने सम्भावना रहेको बताईन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विशेष गरि तराईका क्षेत्रमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने बताईएको छ । आइतबार बेलुका चलेको हावाको गति कम्तिमा ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्डको रहेको जनाइएको छ ।

यता आइतबार साँझ आएको भुमरीसहितको हावाहुरीले बारा र पर्सामा ठुलो धनजनको क्षति भएको छ । नेपालका मौसमविदहरु यसबारेमा किन अनविज्ञ रहे भनेर टिप्पणी भईरहदा मौसमविदहरुले नेपालमा पर्याप्त उपकरणको अभावमा पनि यसबारेमा पूर्वनुमान गर्न नसकिएको बताएका छन् ।