सुदूरपश्चिम प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद बैठकले बारा र पर्साका हावाहुरी पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पीडित परिवारको सहयोगका लागि प्रदेश २ सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए । प्रदेश २ सरकारको विपद् कोषको खातामा यो रकम जम्मा गरिने उनले बताए ।
‘हावाहुरीबाट ठूलो क्षति भएको छ,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले भने, ‘अकल्पनीय पीडा भोगीरहेका त्यहाँका जनताका लागि सुदूरपश्चिम प्रदेशले थोरै भए पनि सहयोग गर्न खोजेको हो ।’
यसैगरी प्रदेश तीन सरकार मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले पनि हावाहुरी पीडितका लागि एक करोड दिने निर्णय गरेको हो ।










