
संखुवासभा | संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।
मंगलबार बिहान ६ बजे विद्युत सर्ट भई आगो लागेको प्रहरी जनाएको छ । आगो स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



