काठमाडौँ : चट्याङ लागेर अछाममा १६ जना घाइते भएका छन्। अछामको केहि स्थानमा आएको भिषण हावाहुरीसँगै चट्याङ पर्दा पन्चदेवल विनायक नगरपालिका-९ कालेकाडामा ११ जना र रामारोशन गाउँपालिका- ५ मा ५ जना घाइते भएका हुन।

चट्याङ लागेर घाइते भएकाहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चट्याङ लागेर घाइते भएका सबैको उद्धार गरि अस्पताल पुर्याएको बताइएको छ।

घाइते हुने मध्ये भिमपुरा नेपाली, दिर्गे विक, ललु विक, राधिका शाही, कल्पना बोहरा र जगत बोहराको अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य छन्। बिगुल न्यूज बाट