बुटवल १९चैत । गत बुधबार साँझ बुटवल मैना बगरमा भएको फिरोज खान हत्याकाण्डकी मुख्य योजनाकार उनकै श्रीमति रहेको खुलेको छ ।

हत्या गरिएका ४५ बर्षीय फिरोज खान (अन्सारी )की श्रीमति साहिना खातुन र भारत बिहार बेतियाका ४२ बर्षीय उनका भिनाजु साधिर हुसेनसंग लामो सयम देखि प्रेम सम्वन्ध रहँदै आएको र श्रीमति र उनै भिनाजुको पुर्व योजनमा फिरोजको गोली हानी हत्या गरिएको खुल्न आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वर्षऔं देखि सालीसगँ प्रेम सम्वन्ध रहेका हुसेनले बुधबार साँझ कामबाट कोठामा फकर्दै गरेका फिरोजलाई कोठा भित्र र्छिन नपाउँदै गोली हानी हत्या गरेर फरार रहेका थिए ।

साली भेनाको योजना अनुसार भारत नेपाल सिमना त्रिवेणी हुँदै मोटरसाईलकामा आएका हुसेनले गोली हानी सोही नाकाबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

श्रीमान हत्याकी योजनाकार फिराजकी श्रीमति ३२ बर्षीय साहिन खातुनलाई प्रहरीले नियन्त्रणा लिई अनुसन्धान गरिरहको एसपी थपाले बताए । फरार रहेका हुनेसको पनि खोजी कार्य पनि तिब्र पारिएको उनको भनाई छ ।

यसरी भएको थियो हत्या

मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमतीसहित बुटवलमा बसेको २० बर्ष पुगेको थियो । यो अवधीमा हप्तै पिच्छे भेना आई रहने र साली भेनाको अवैध सम्वन्ध भई नै रह्यो । खातुनकी दिदीको मृत्यु भएको धेरै बर्ष भएको थियो । साली भेनको प्रेम सम्वन्ध विवाह पुर्व देखि नै रहेको हुन सक्ने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लको अनुमान छ ।

भेना सालीको प्रेम सम्वन्ध चरम उत्सर्गमा पुगेपछि त्यसै दिन दिउँसो तीन बजेको समयमा संगै बसेर योजना बनाएर छुटे । ग्यारेजबाट फिरोज कोठामा आउने समय कुरेर बसेका साली भेनाले साँझ ७ वजे तयार पारिएको पेस्तोल प्रहार गरी ढोका मै ढलाए ।

भारतका विभिन्न अपराधमा घटनामा समेत हुसेन संगल्न भएको र बुटवल र्छिदै ग्यारेजमा दिनै भर काम गर्ने श्रीमान केही बर्षदेखि सालीसगँ प्रेम सम्वन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यता भेनालाई बोलाउँदै अवैध सम्वन्ध राख्दै आएको प्रहरी अनुन्साधनबाट खुलेको छ ।

बुटवल वर्कसवमा बसेर गाडीको पेन्डीङ्ग गर्ने खानले साहिन खातुनसंग मागी विवाह गरेका थिए । बुधबार साँझ हत्या गर्दा श्रीमिति खातुनले १० बर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखिन् । उनी श्रीमान् आउन बाटो दुवै जनाले कुरे । जव फिराज आन्सराी (खान) काम बाट फर्किए ।

अनि (हक )आगमान गरे जस्तो गरी पेस्तोलले हुसेनले हाने । श्रीमति केही समयपछि यस्तो चिच्चाईन् जस्तो गरिन् । अनि ई रिक्सामा राखेर लुम्बिनी प्रादेशीक अस्पालमा पुराईयो । श्रीमति संगै गईनन् । अस्पतालले मृत घोषाणा गर्यो । प्रहरीले शुरुदेखि नै श्रमितिलाई आशंका राखेको थियो ।

श्रीमति माथि यस्ता थिए शंका गर्ने ठाउँ

प्रहरीले शुरुदेखी श्रमिती गतिविधीलाई नियालेको थियो । प्रहरी प्रमुख थापा भन्छन् –‘ हत्या भएको श्रीमान् अस्पताल ल्याउदा उनी आइन् ।अर्को उनले हत्या हँुदा म आफु कोठा भित्र थिए भन्ने बयान दिइन् । तर उनका छोराहरुले आफूहरु भित्र थुनेर आमा बाहिर रहेको बताउँदै आमालाई झुट नबोल्न चेतावानी दिए ।

मोवाईल प्रहरीले माग्दा दिईनन् । श्रीमानको हत्या भएको करिव ५ मिनट अवधीमा मोवाईलमा भएका कल रेकर्ड डिलेट गर्न थालिन । पछि प्रहरीले डिलेट भएका तीनै कलरकर्ड अन्य विधीबाट पत्ता लगायो र सुटर उनै भिनाजु भएको खुल्यो । डिएसपी मल्ल थप्छन–‘ श्रीमानको हत्या भएको श्रीमतिलाई कति पनि पीडा देखिन्न ।