दमक पब्लिक लाइब्रेरीको आयोजनामा दुई दिवसीय नेतृत्व बिकास तथा ब्यक्तित्व बिकास सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।होटल काक्त्यानी इनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा दमक नगरभित्रका र बाहिरका गरेर ३० जना युवाहरु सहभागी बनेका थिए।

दमक पब्लिक लाइब्रेरीको आयोजना, लाएन्स क्लब अफ इटहरी ग्रिन सिटी र हेब्बिट्याट् नेपालको सहकार्यमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमबाट युवाहरुलको आफ्नो नेतृत्व बिकाससङै ब्यक्तित्व बिकासमा सहयोग पुगेको बताएका छन्। तालिममा बसे पछी आफुमा सामाजिक जिम्मेवारी र उतरदायित्वको बोध भएको र अब समाजमा बसेर समाज परिवर्तन र रुपान्तरणमा लाग्ने सहभागीहरुले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई दिवसीय नेतृत्व बिकास प्रशिक्षण कार्यक्रममा नसिम सरबर ,यम घिमिरे ,निर्मला चौधरी ,मिराज पोख्रेल ,बिकास पौडेल,तिर्थ राई र भेषराज न्यौपानेले सहजीकरण गर्नु भएको थियो।

स्थापना देखिनै विभिन्न सामाजिक कार्यक्रम तथा पठन सस्कृतिको बिकासमा लागेको दमक पब्लिक लाइब्रेरीले विभिन्न समय र अवसरमा यस्ता विविध जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।