झापा । दमकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी इलाम चुलाचुलीका ६२ वर्षीय सुवास राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक–९ स्थित मालपोत कार्यालय नजिकै पूर्वबाट काठमाडौ जाँदै गरेको ना५ ख ४७१५ नम्बरको बाँस बोकेको कण्टेनरले को८ प ८८९६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार राईको उपचारका क्रममा मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही ठाउँका मोटरसाइकल चालक अशोक राई घाइते भएको र उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । टाइम्स अफ प्रदेश बाट / फाइल तस्बिर