दमक/नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी सदस्य पशुपति बरालले नयाँ जिम्मेवारी पाएकाछन् ।
महासंघले सार्वजनिक नीजि साझेदारी समन्वय समितिको सभापतिमा दमकका युवा ब्यवसायी पशुपति बराललाइ जिम्मेवारी दिएको हो ।
प्रदेश नम्बर १ को आर्थिक बिकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्नका लागि सार्वजनिक नीजि साझेदारी समन्वय समितिको सभापति बराललाइ महासंघले जिम्मेवारी प्रदान गरेको बताईन्छ ।
बरालले आफुले पाएको जिम्मेवारीलाइ अवसरको रुपमा लिएर यस प्रदेशको आर्थिक बिकास र ब्यवसायीक हितमा प्रयोग गर्ने बताए ।











